अर्को शक्तिशाली समुद्री आँधीको चपेटामा फिलिपिन्स, आपतकाल घोषणा
सारांश
- फिलिपिन्समा 'फुङ-वङ' नामक शक्तिशाली समुद्री आँधी आएको छ, जसले देशको ठूलो भागमा विनाश निम्त्याउने सम्भावना छ।
- आँधीको कारण सरकारले राष्ट्रव्यापी आपत्कालीन अवस्था घोषणा गरेको छ र मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
- मौसम विभागका अनुसार, 'फुङ-वङ' प्रतिघण्टा १८५ किलोमिटरको वेगमा अघि बढिरहेको छ र यसले दक्षिणपूर्वी एसियाको ठूलो हिस्सालाई असर गर्न सक्छ।
मनिला । फिलिपिन्स यतिबेला प्रकृतिको दोहोरो प्रकोपसँग जुधिरहेको छ । २०० भन्दा बढीको ज्यान लिनेगरी आएको कालमेगी आँधीको प्रकोप नसकिँदै अर्को अति शक्तिशाली समुद्री आँधी ‘फुङ–वङ’ ले त्यहाँ वितण्डा मच्चाइरहेको छ । यसलाई यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक मानिएको छ ।
आइतबार देशको उत्तरपूर्वी तटसम्म ‘फुङ–वङ’ आइपुगेको छ । मौसम विभागका अनुसार, फङ–वङको प्रतिघण्टा १८५ किलोमिटरको वेगमा अगाडि बढिरहेको छ । यसको मध्यमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी चलिरहेको बताइएको छ । यसको प्रभाव १ हजार ६०० किलोमिटरको दायरामा फैलिन सक्ने र यसले दक्षिणपूर्वी एसियाको दुई तिहाइ भागलाई असर गर्ने बताइएको छ ।
सरकारले ‘फुङ–वङ’ लाई राष्ट्रव्यापी आपत्कालीन अवस्था घोषणा गरेको छ । राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।
आँधीले सेबु, अरोरा, इसाबेला र राजधानी मनिला लगायत देशका धेरै भागहरूमा विनाश निम्त्याउन सक्ने रक्षामन्त्री गिल्बर्टो टियोडोरो जूनियरले चेतावनी दिएका छन् ।
एकपटक वर्षा सुरु भएपछि वा पूर्णरूपमा आँधी आइपुगेपछि मानिसहरूलाई उद्धार गर्न अत्यन्तै गाह्रो हुने भएकोले अहिले नै मानिसहरूलाई सुरक्षित स्थलमा लैजानु सबैभन्दा सुरक्षित विकल्प भएको उनले बताए ।
फिलिपिन्समा प्रत्येक वर्ष लगभग २० वटा आँधी आउँछन् । यहाँ बारम्बार भूकम्प र ज्वालामुखी विस्फोट पनि हुन्छन् । यो विश्वको सबैभन्दा धेरै प्राकृतिक प्रकोप आउने देशमध्ये एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण