प्रधानमन्त्री कार्यालयले दियो डेडिकेटेड ट्रंक लाइनको सहमति कार्यान्वयन गर्न निर्देशन
सारांश
- प्रधानमन्त्री कार्यालयले डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानी सहजीकरण गर्न निर्देशन दिएको छ।
- प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालय र प्राधिकरणलाई उद्योगीहरूको पुनरावलोकन सुन्न निर्देशन दिएको छ।
- प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग वाणिज्य महासंघका अध्यक्षबीच भएको छलफललाई कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानीका सम्बन्धमा सहजीकरणका लागि निर्देशन दिएको छ ।
डेडिकेटेड र ट्रंक लाइनको प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयलाई कात्तिक २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबिच भएको छलफल र समझदारीलाई सहजीकरण गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयले महसुल भुक्तानीलाई सरलीकरण गर्ने तथा उद्योगीहरूको पुनरावलोकन सुन्ने व्यवस्था मिलाउन ऊर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले भएको समझदारी कार्यान्वयनमा सहजीकरण गर्न उद्योग वाणिज्य महासङ्घलाई पनि निर्देशनसहित अनुरोध गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्की, ऊर्जामन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल र उद्योगमन्त्री अनिल सिन्हा तथा व्यवसायीका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्र ढकालबिच भएको छलफलमा उद्योगीले तिर्नुपर्ने बक्यौतालाई २८ किस्ता मान्ने, पहिलो किस्तालाई विवादित रकमको धरौटीको रूपमा मानेर पैसा तिर्ने र पुनरावलोकनमा जाने बाटो खोल्ने सहमति भएको थियो ।
_MmoCB1pEt3.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण