जेनजी प्रतिनिधिसँग स्वास्थ्यमन्त्रीले भनिन्– स्वास्थ्य सुधारको काम हुँदै छ
काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जेनजी प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
जेनजी अगुवा तनुजा पाण्डेसहित भएको छलफलका क्रममा स्वास्थ्मन्त्री डा. सुधा गौतमले नेपालको स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न सरकार अग्रसर रहेको बताएकी थिइन् । स्वास्थ्य बीमा कार्यक्रमका समस्या समाधान गर्न र यसलाई थप प्रभावकारी बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको उनले बताइन् ।
निःशुल्क औषधिको सुनिश्चितता र अस्पतालहरूको सेवा प्रवाहमा सुधार ल्याउन तत्कालै ठोस कदम चाल्ने प्रतिबद्धतासमेत स्वास्थ्यमन्त्रीबाट भएको छलफलमा सहभागी जेनजी अगुवा तनुजा पाण्डेले बताइन् ।
जेनजी प्रतिनिधिहरूले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्याहरूलाई प्राथमिकताका साथ उठाउँदै निःशुल्क औषधिको अभाव भएको बताएका थिए ।
उनीहरूले एक लाखको बीमा रकम बढाएर पाँच लाख पुर्याउनुपर्ने, बीमा सेवा देशका जुनसुकै स्वास्थ्य संस्थाबाट सहज रूपमा उपलब्ध गराउनुपर्ने गरी प्रणालीगत सुधार, र जनस्वास्थ्य ऐनको अविलम्ब कार्यान्वयन तथा स्वास्थ्यकर्मीका माग सम्बोधनका लागि नीतिगत सुधारको माग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण