विराटनगर किङ्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त, धमिका बलिङ प्रशिक्षक
सारांश
- विराटनगर किङ्सले दोस्रो एनपीएलका लागि पुबुदु दशानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
- पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षक हुन् र उनले जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका थिए।
- विराटनगरले बलिङ प्रशिक्षकमा पूर्व श्रीलंकन प्रशिक्षक धमिका प्रशादलाई नियुक्त गरेको छ।
काठमाडौँ । विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पुबुदु दशानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । विराटनगरले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी सोमबार सामाजिक सञ्जालमार्फत दिएको हो ।
श्रीलंकाली मूलका अमेरिकन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन् । पुबुदुले पहिलो सिजनमा जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका थिए ।
पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।
उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । विराटनगरले बलिङ प्रशिक्षकको रूपमा पूर्व श्रीलंकन प्रशिक्षक धमिका प्रशादलाई नियुक्त गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026