एप्पलले नेटवर्कबिनै चल्ने फोन ल्याउँदै
सारांश
- एप्पलले छिट्टै आइफोनका लागि उपग्रह-आधारित नयाँ फिचर ल्याउने तयारी गर्दैछ।
- नयाँ सुविधाहरूले प्रयोगकर्ताहरूलाई नेटवर्क नभएको बेला नक्सा र सन्देशहरू पहुँच गर्न अनुमति दिनेछ।
- एप्पलले दुर्गम क्षेत्रमा पनि आइफोनमा कनेक्टिभिटी दिने लक्ष्य राखेको छ।
काठमाडौँ । आइफोन निर्माता कम्पनी एप्पलले छिट्टै नै आइफोनका लागि उपग्रह–आधारित नयाँ फिचर ल्याउने तयारी गरिरहेको छ । यस पटक कम्पनीले फोनलाई अर्कोस्तरमा लैजाने तयारी गरिरहेको छ । यी सुविधाहरूले प्रयोगकर्ताहरूलाई नेटवर्क नभएको बेला पनि नक्सा र सन्देशहरू पहुँच गर्न अनुमति दिने बताइएको छ ।
कम्पनीको लक्ष्य मोबाइल नेटवर्कको पहुँच बाहिर भएको अवस्थामा पनि आइफोनहरूलाई काम गर्न योग्य बनाउनु भएको हालैको एउटा समाचारमा ब्लूमबर्गले भनेको छ । यी फिचरहरूले पहाडी क्षेत्र, जंगल वा दुर्गम गाउँमा पनि आइफोनमा कनेक्टिभिटी दिनेछ ।
अफलाइन नक्सा र च्याट सपोर्ट
एप्पलले पहिले नै केही देशहरूमा आपतकालीन एसओएस स्याटलाइट फिचर दिएको थियो । यो फिचर २०२२ मा आईफोन १४ सँग प्रस्तुत गरिएको थियो । यो फिचरले प्रयोगकर्ताहरूलाई नेटवर्क नभएको बेला पनि उद्धार टोलीहरूलाई सम्पर्क गर्न अनुमति दिन्छ । केही समय पछि, कम्पनीले कमजोर नेटवर्क कभरेज भएका क्षेत्रमा चालकहरूलाई मद्दत गर्न रोडसाइड सहायता सुविधा पनि थप्यो । एप्पलले अब यसलाई अर्को स्तरमा लैजाने तयारी गरिरहेको छ । प्रयोगकर्तालाई नक्सा र सन्देशहरूलाई स्याटलाइटमार्फत मार्फत प्रयोग गर्न अनुमति दिँदै छ । यस्तो भयो भने फोनले अफलाइन हुँदा पनि काम गर्नेछ ।
कसरी काम गर्छ यो प्रणालीले ?
एप्पलको स्याटेलाइट कनेक्टिभिटी ग्रुप नामको आन्तरिक एकाइले यतिबेला यो परियोजनामा काम गरिरहेको बताइएको छ । यो टोलीले ग्लोबलस्टार नाम गरेको स्याटेलाइट अपरेटरसँग मिलेर खास प्रविधि बनाइरहेको छ । यसले अहिले एप्पलको एसओएस फिचरलाई चलाइरहेको छ । भविष्यमा आउने फिचरहरूलाई सर्पोट मिलोस् भनेर एप्पलले ग्लोबलस्टारको नेटवर्क सुधार गर्न निरन्तर लगानी पनि गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण