दिल्लीको कार विस्फोट: सरकारी भवन र विभिन्न स्थानहरूमा सुरक्षा कडा
मङ्गलबार, २५ कात्तिक २०८२, ०१ : १७
सारांश
- दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिकै कारमा विस्फोट भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
- विस्फोटपछि सरकारी भवन, मेट्रो स्टेसन, र एयरपोर्ट लगायतका महत्त्वपूर्ण स्थानहरूमा सुरक्षा बढाइएको छ।
- केन्द्रीय औद्योगिक सुरक्षा बलले एनसीआर क्षेत्रमा उच्च सतर्कता अपनाएको छ र निगरानी गरिरहेको छ।
काठमाडौँ । दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिकै एक कारमा भएको विस्फोटपछि सरकारी भवन, मेट्रो स्टेसन, एयरपोर्टसहित विभिन्न महत्त्वपूर्ण स्थानहरूको सुरक्षा कडा पारिएको छ।
केन्द्रीय औद्योगिक सुरक्षा बलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेको छ, ‘लालकिल्ला मेट्रो स्टेसन छेउमा भएको विस्फोटका कारण दिल्ली मेट्रो, लालकिल्ला, सरकारी कार्यालयहरू र आइजीआई एयरपोर्टलगायत एनसीआर क्षेत्रमा उच्च सतर्कतामा राखिएको छ।”
सुरक्षा बलका अनुसार परिस्थितिमाथि लगातार निगरानी राखिएको छ र सुरक्षाकर्मीहरूलाई स्ट्यान्डबाइमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण