शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध

मङ्गलबार, २५ कात्तिक २०८२, १५ : ५१
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • सरकारले ४०० केभी विद्युत प्रसारणलाइन निर्माणका लागि जग्गामा संरचना बनाउन र रुख रोप्न रोक लगाएको छ।
  • नवलपरासी, पाल्पा, तनहुँ, चितवन लगायतका जिल्लामा प्रसारण लाइनको दायाँबायाँ संरचना बनाउन रोक लगाइएको छ।
  • मन्त्रीपरिषद्को निर्णयअनुसार, प्रसारण लाइनको २३-२३ मिटर दायाँबायाँका जग्गामा निषेध गरिएको छ।

काठमाडौँ । सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि बिभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँवायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ । 

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रसारण लाइनको मध्यरेखाबाट २३–२३ मिटर दायाँबायाँमा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय भएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप