मनिषा कोइरालाकी आमाले किन मागिन् ऋषि कपुरको नम्बर ?
बक्स अफिसमा धमाका मच्चारहेको फिल्म सञ्जुमा संजय दत्तको भूमिका निभाउने नायक रणबीर कपुरको कामको निकै चर्चा भइरहेको छ । हुबहु संजय दत्तलाई पर्दामा उतार्न सकेको भन्दै रणबीरको चौतर्फी तारिफ भइरहेको हो । फिल्ममा संजय दत्तकी आमा नरगिसको भूमिका निभाएकी नायिका मनिषा कोइरालाकी आमा सुश्मा कोइरालाले त मनिषालाई फोन गरेर रणबीरको कामको तारिफ गर्न ऋषि कपुरको फोन नम्बरसमेत लिइन् ।
भारतीय समाचार माध्यमसँग कुरा गर्दै मनिषाले भनिन्, ‘मेरी आमाले मलाई नेपालबाट फोन गरेर ममाथि र फिल्ममाथि गर्व भएको बताउनुभयो । यतिमात्र होइन उहाँले रणबीरले निकै राम्रो काम गरेको भन्नका लागि ऋषि कपुरजीको नम्बर पनि माग्नुभयो । उहाँ संजय दत्तसँग पनि कुरा गर्न चाहनुहुन्छ तर उनी र मान्यता देशभित्र छैनन् ।’
फिल्ममा मनिषाको कामको पनि निकै चर्चा भइरहेको छ । ऋषि कपुर, रेखा र विद्या बालनले मनिषालाई फोन गरेर शुभकामना दिए । स्मरण रहोस्, संजय दत्तको यो बायोपिक फिल्मले अहिलेसम्म विभिन्न रेकर्ड तोडिसकेको छ । दोस्रो हप्तासम्म फिल्मले तीसय करोड भारुको आँकडा छुनसक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण