शुक्लाफाँटा औद्योगिक व्यापार मेला सुरु
सारांश
- शुक्लाफाँटा उद्योग वाणिज्य संघले कञ्चनपुरमा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला सुरु गरेको छ।
- मेलाको मुख्य उद्देश्य स्थानीय अर्थतन्त्र सुदृढीकरण, आत्मनिर्भरता प्रवर्द्धन गर्नु हो।
- मेलामा कृषि, औद्योगिक उत्पादन, सांस्कृतिक कार्यक्रम, र दर्शकहरूको लागि विभिन्न गतिविधिहरू समावेश छन्।
कञ्चनपुर । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घको आयोजनामा कञ्चनपुरको झलारीस्थित खुला मञ्चमा आजदेखि तेस्रो शुक्लाफाँटा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला सुरु भएको छ ।
स्थानीय अर्थतन्त्र सुदृढीकरण, आत्मनिर्भरता प्रवर्द्धन र सुदूरपश्चिमको समृद्ध भविष्य निर्माणका उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा स्थानीय संस्कृति प्रवर्द्धन गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसार, हस्तकलाका सामग्रीको प्रदर्शन तथा स्थानीय मौलिक परिकार प्रदर्शनी गरिएको सङ्घका उपाध्यक्ष वासुदेव भण्डारीले बताए ।
योसँगै मेलामा कृषि, औद्योगिक उत्पादन, फुड फेस्टिभल र डकुमेन्ट्री प्रदर्शन, बाल–रमाइलो मेला, सांस्कृतिक झाँकी र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति राखिएको उनले उल्लेख गरे । आयोजकका अनुसार कात्तिक २५ गतेदेखि मङ्सिर ७ गतेसम्म लाग्ने मेलामा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला आयोजना गर्न रु ३९ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
मेलाको मुख्य प्रवर्द्धक शुक्लाफाँटा नगरपालिका रहेको छ । खर्चको व्यवस्थापन उद्योग वाणिज्य सङ्घ, स्थानीय तह, प्रायोजक र स्टल शुल्कबाट गरिनेछ । मेलाको सञ्चालनका लागि १८१ सदस्यीय मूल समिति र नौ विषयगत समिति गठन गरिएको छ । जिल्लाको मध्य भूगोलमा मेला आयोजना भइरहेको यस महोत्सवले स्थानीय उत्पादन, पर्यटन प्रवर्द्धन र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण