शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशन मागेको हस्ताक्षर भेरिफिकेसनतिर गए पार्टी फुटको बाटोतर्फ उन्मुख हुन्छ : श्याम घिमिरे

बुधबार, २६ कात्तिक २०८२, १३ : ५९
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • श्यामकुमार घिमिरेले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर भेरिफिकेसनतर्फ गए पार्टी विभाजन हुने बताए।
  • उनले विशेष महाधिवेशनको माग अस्वीकार गर्न नसकिने तर बोलाए पार्टी विभाजनको खतरा रहेको बताए।
  • घिमिरेले अल्पमत-बहुमतबाट निर्णय नगर्न र त्यसो भए पार्टीका लागि दुर्भाग्यपूर्ण हुने बताए।

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले विशेष महाधिवेशन माग गर्दै बुझाइएका हस्ताक्षर भेरिफिकेसनतर्फ गए पार्टी विभाजनतर्फ उन्मुख हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बुधवार धारणा राख्दै घिमिरेले विशेष महाधिवेशनको माग अस्वीकार गर्न सक्ने अवस्था भने नरहेको बताए ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरलाई अस्वीकार गरेर जान नसकिने भए पनि विशेष महाधिवेशन बोलाइए पार्टी विभाजन हुने खतरा रहेको घिमिरेको भनाइ छ ।

‘विशेष महाधिवेशनको मागलाई अस्वीकार गरेर जान सकिँदैन । हामी विशेष महाधिवेशनतर्फ गयौँ भने विधानको धारा १७ (२) बाहेक अन्यत्र कतै पनि त्यो विषयमा उल्लेख छैन,’ घिमिरेले भने- ‘त्यसमा आ–आफ्ना किसिमका व्याख्या गरेर पार्टीलाई फुटको बाटोतर्फ उन्मुख गराउन सक्छ।’

पार्टी विभाजनमा नगए पनि पार्टी जीवनमा द्वन्द्वको बिउ बीजारोपण हुने र त्यसबाट पार्टीले मुक्ति पाउने धेरै समय कुर्नुपर्ने घिमिरेले बताए । जारी केन्द्रीय समिति बैठकले अल्पमत–बहुमतबाट निर्णय गर्न नहुने बताउँदै घिमिरेले अल्पमत–बहुमतबाट निर्णय गरिए पार्टीका लागि दुर्भाग्यपूर्ण हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप