शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

इलाका प्रहरी कार्यालय सुरुङ्गामा तोडफोड र आगजनी गर्ने ३ जना पक्राउ

बुधबार, २६ कात्तिक २०८२, १६ : ५०
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • भदौ २४ गते झापाको कन्काईमा प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा झापा र कन्काईका बासिन्दाहरू छन्, जसमध्ये सञ्जय बस्नेत, कुशल तिम्सिना र विष्णु विश्वकर्मा रहेका छन्।
  • उनीहरूमाथि आपराधिक उपद्रवको आरोपमा अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मोरङ। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते झापाको कन्काई नगरपालिका-३ मा रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाको भवन, सवारी साधन र सञ्चार सेटमा तोडफोड तथा आगजनी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा झापा शिवसताक्षी नगरपालिका–१० का ३१ वर्षीय सञ्जय बस्नेत र २५ वर्षीय कुशल तिम्सिना, तथा कन्काई नगरपालिका–३ बस्ने २५ वर्षीय विष्णु विश्वकर्मा रहेका छन् । 

उनीहरूमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप