कोशीका मुख्यमन्त्री कार्की एमाले सचिवमा उठ्ने
सारांश
- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेको आगामी महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने बताएका छन्।
- मुख्यमन्त्री कार्कीले मन्त्रीमण्डल परिवर्तन गर्ने र नतिजा नदिने मन्त्रीलाई हटाउने कुरा बताए।
- उनले जनआन्दोलनका नाममा भएको आगजनी र तोडफोडबाट कमजोर बनेको प्रशासनिक संरचनालाई पुनः व्यवस्थित गर्ने बताए।
विराटनगर । नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने ११औं महाधिवेशनमा आफू सचिवमा उठ्ने बताएका छन् ।
एमालेनिकट प्रेस चौतारी कोशी र मोरङका आफू निकटका केही पत्रकारलाई विराटनगरस्थित होटल स्वागतममा बुधबार बिहान बोलाएर उनले यसबारे जानकारी दिएका हुन् । ‘उहाँले केन्द्रीय सचिवमा लड्ने र आफूलाई सहयोग गर्नुपर्ने भनेर स्पष्ट भन्नुभएको छ,’ उनी निकट स्रोतले भन्यो ।
सो क्रममा एमालेका २० देखि २५ प्रतिशत मानिसहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देखिए पनि त्यसले खासै नेतृत्वलाई असर नगर्ने बताएका थिए । ‘केही मान्छे अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेका छन्,’ कार्कीले भनेको कुरालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यस्तो संख्या २० देखि २५ प्रतिशतसम्म हुन सक्छ ।’
भेटमा कोशी प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार गरिदिन पनि मुख्यमन्त्रीले आग्रह गरेका थिए । ‘तपाईंहरूले कोशी प्रदेश सरकारले गरेका सकारात्मक कामहरूको प्रचार गरिदिनुपर्यो,’ उनले भनेका थिए ।
यसैबिच सो क्रममा मुख्यमन्त्री कार्कीले आफ्नै मन्त्रीले परिणाम दिने गरी काम गर्न नसकेको बताएका थिए । केही दिनमै मन्त्रीमण्डल परिवर्तन हुने जानकारी दिँदै उनले भनेका थिए, ‘अब रिजल्ट दिने मन्त्री नियुक्त हुन्छन् ।'
मंसिरको पहिलो हप्तासम्म नयाँ मन्त्री नियुक्त गर्ने उनको भनाइ थियो । कार्कीले आफ्नै पार्टीका मन्त्रीहरूले पनि मन्त्रालयगत काममा अपेक्षित उपलब्धि नदिएको बताए । ‘अब सरकार जनताको नजरमा नतिजा देखिने गरी काम गर्ने मोडमा जान्छ । परिणाम नदिनेहरूलाई घर पठाइन्छ ।’
जेनेजी आन्दोलनका नाममा आगजनी, तोडफोड र लुटपाट गरेर प्रशासनिक संरचना कमजोर बनाइएको उनले बताए । खरानी बनाइएको संरचनाबाट सेवा दिइरहेको प्रदेश सरकारलाई पुनः व्यवस्थित बनाउने उनको भनाइ थियो । ‘हाम्रा सबै संरचनाहरू जलेका छन् । तर, हामी अब परिणाम देखिने गरी अघि बढ्छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण