कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ
बुधबार, २६ कात्तिक २०८२, २३ : २५
सारांश
- नेपाल प्रहरीले जेनजी आन्दोलनको बेला भागेका दुई कैदीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सुजन रसाइली र विष्णुलाल थिङ रहेका छन्, उनीहरू विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
- प्रहरीले रसाइलीलाई काठमाडौँ र थिङलाई कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो।
काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई कैदीबन्दीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका सुजन रसाइली र मकवानपुरको भीमफेदी कारागारबाट भागेका विष्णुलाल थिङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ रसाइलीले डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेको र थिङले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेको जानकारी दिए । पक्राउ रसाइली सिन्धुपाल्चोक बाह्रबिसे र थिङ मकवानपुरको बकैया गाउँपालिकाका बासिन्दा हुन् ।
प्रहरीले रसाइलीलाई काठमाडौँ महानगरपालिका–६ आरुबारी र थिङलाई कागेश्वरी मनोहरा नगरपालिका–६ ग्रिनहिलसिटीबाट पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण