सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीको पेस्तोल लुटपाटको अभियोगमा पाख्रिन पूर्पक्षका लागि कारागार चलान

बिहीबार, २७ कात्तिक २०८२, १५ : १९
बिहीबार, २७ कात्तिक २०८२

काठमाडौँ । गत भदौ २४ को आन्दोलनमा प्रहरीको पेस्तोल लुटेर राख्ने सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ का कुमार पाख्रिनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले बिहीबार पाख्रिनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

गत भदौ २४ को जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त बौद्धमा आगजनी गरेर प्रहरीको पेस्तोल लुकाएका पाख्रिनलाई कारागार पठाउने आदेश भएको हो ।

पाख्रिनले बयानमा प्रहरी वृत्त बौद्धबाट सुन्दर तामाङले पेस्तोल लुटेको र छसाङ तामाङले २ हजार रुपैयाँमा किनेको र आफूले राखेको बयान दिएका छन् ।

गत कात्तिक २ गते प्रहरीले कुमार पाख्रिनलाई पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप