भ्रष्टाचार मुद्दामा तत्कालीन दुई जिल्ला शिक्षा अधिकारीसँग २५ हजार धरौटी माग्ने आदेश
काठमाडौँ । विशेष अदालत काठमाडौँले खोटाङका तत्कालीन दुई जना जिल्ला शिक्षा अधिकारीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार तत्कालीन जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराई र केशवप्रसाद दाहाललाई जनही २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १५ गते तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टराई र दाहालसहित १३ जनाविरुद्ध खोटाङबाट विभिन्न विद्यालयको भवन निर्माणको समयमा रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
हलेसी तुवाचुङ नगरपालिका–४ स्थित लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
खोटाङको ४ कोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख र विद्यालयले व्यहोर्ने जनश्रमदान २५ प्रतिशत समेत गरी ३० लाख लागत इष्टिमेट तयार गरी भवन बनाउन २०७१ साल चैत २२ मा सहमति भए पनि शर्तविपरीत भवन निर्माणको काम नगरी नै पटक(पटक २४ लाख लिएकाले उनीहरू विरूद्ध मुद्दा दायर गरिएको हो ।
अख्तियारले जिल्ला शिक्षा अधिकारी डा। गणेशप्रसाद भट्टराईसँग १० लाख, अर्का दुई जिशिअद्वय केशवप्रसाद दाहाल र ज्ञानमणि नेपालसँग जनही १४/१४ लाख, तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठसँग २४ लाख, तत्कालीन सब–इन्जिनियर शिवराज राईसँग २४ लाख, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहालसँग ८ लाखसम्म बिगो माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण