तत्कालीन माओवादी केन्द्रका सम्पर्क प्रदेश जनस्वास्थ्य विभाग इन्चार्ज न्यौपानेद्वारा पार्टी परित्यागको घोषणा
सारांश
- राम प्रसाद न्यौपाने 'नरेश'ले माओवादी केन्द्रबाट पार्टी परित्याग गरेका छन्।
- उनले पार्टीमा देखिएका आन्तरिक समस्या र प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
- न्यौपानेले पार्टी रूपान्तरणको अभियानमा साथ दिने बताएका छन्।
काठमाडौँ । तत्कालीन माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य एवं सम्पर्क प्रदेश जनस्वास्थ्य विभाग इन्चार्ज राम प्रसाद न्यौपाने 'नरेश'ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आज एक विज्ञप्तिमार्फत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पार्टी परित्याग गरेको जनाएका हुन् ।
विज्ञप्तिमा उनले पछिल्लो समय आन्तरिक पार्टी अन्तरसंघर्ष अन्तरबिरोधको हल गर्न नसक्नु, पार्टी विभाजनको आत्मसमीक्षा र समस्या समाधानको विकल्प दिन नसक्नु, पार्टीमा विधि पद्धति र कम्युनिस्ट आचरणको जीवन शैलीमा सुधार नआउनु, सत्ता मोह र कमाऊ धन्दाबाट मुक्त नहुनु, जनवादको नाममा अराजकता र नैतिक धरातल गुमाएको बिग्रेको भद्दा पार्टीको रूपमा नेकपा माओवादीका नेता कार्यकर्ता देखि हाम्रो शुभचिन्तक र समर्थन साथै नयाँ पुस्ताले घृणाको रूपमा बुझ्ने अवस्था सृजना हुनुले गम्भीर समस्या उत्पन्न भएको उल्लेख गरेका छन् ।
यावत समस्या समाधानका लागि नेकपा माओवादी केन्द्रका तत्कालीन उपमहासचिव जनार्दन शर्माले सबैको साझा आवाज बनेर पार्टी रूपान्तरण, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन लगायतका विषयहरू उठाएकोले सोही अभियानमा जोडिने निर्णय गरेको पनि उनले खुलाएका छन् ।
एकताको नाममा भ्रष्टहरूसँग मिलेर प्रचण्डले माओवादी आन्दोलनलाई धो दिएको आरोप समेत उनले लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण