जेनजी आन्दोलनमा आगजनी गर्ने १० जना पक्राउ
सारांश
- विराटनगरमा जेनजी आन्दोलनको नाममा आगजनी गर्ने १० जना पक्राउ परेका छन्।
- पक्राउ परेकाहरूले प्रहरीको गाडी र चौकीमा आगजनी गरेको आरोप लागेको छ।
- मोरङ प्रहरीले उनीहरूलाई आपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको छ।
विराटनगर । जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आगजनी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार ६ जना र शुक्रबार ४ जना गरी १० जनालाई पक्राउ गरेको हो ।
प्रहरीको गाडी र चौकीमा आगजनी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले जानकारी दिए । पक्राउ पर्नेमा विराटनगर र जहदा गाउँपालिकाका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ, तर अनुसन्धानको क्रममा रहेकाले उनीहरूको नाम गोप्य राखिएको छ ।
एसपी कटुवालले भने– ‘केन्द्रको निर्देशनपछि हामीले भदौ २४ गते आन्दोलनको नाममा प्रहरीको गाडी र प्रहरी चौकी जलाउनेहरूको खोजी गरी अनुसन्धान सुरु गरेका हौँ । हाल केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।’
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले मोरङमा प्रहरीको सीआरभी गाडी र जहदा गाउँपालिकास्थित मझारे प्रहरी चौकीमा आगजनी गरी ध्वस्त बनाएका थिए ।
सोही घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण