बिहारमा भाजपाबाहेकको सरकार बन्न नसक्ने
सारांश
- बिहार विधानसभा निर्वाचनको मतगणनामा एनडीए गठबन्धनले दुई तिहाइभन्दा बढी सिटमा जित्ने देखिएको छ।
- भाजपा सबैभन्दा ठूलो दल बन्ने देखिएको छ, तर मुख्यमन्त्रीमा नितीशकुमार नै रहने सम्भावना छ।
- एनडीए गठबन्धनले सरकार बनाउने अवसर पाएमा जेडीयूकै नेता नितीशकुमारलाई नै मुख्यमन्त्री बनाउने घोषणा गरेको छ।
पटना । भारतको बिहार विधानसभा निर्वाचनको मतगणना जारी छ । अपराह्न चार बजेसम्मको मत परिणाम अनुसार त्यहाँको वर्तमान सत्ता गठबन्धन ‘एनडीए’ नै दुई तिहाइभन्दा बढी सिटमा विजयी हुने देखिएको छ ।
केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) सहित बिहारका वर्तमान मुख्यमन्त्री नीतीशकुमार नेतृत्वको जनता दल युनाइटेड (जेडीयु) सम्मिलित गठबन्धन प्रचण्ड बहुमततर्फ अग्रसर देखिन्छ । यो गठबन्धनमा अन्य तीन साना दल पनि छन्, जसले जारी मतगणनामा करिब ३० सिटमा अग्रता बनाएका छन् ।
समग्रमा एनडीए गठबन्धन कुल २४३ सिटमध्ये २०६ सिटमा अग्रता बनाएको छ भने दुई सिटमा विजयी घोषित भइसकेको छ । यही आधारमा एनडीए गठबन्धनले समग्रमा २०८ सिट जितेको खण्डमा बिहारमा अब भाजपाबाहेकको सरकार बन्न नसक्ने देखिएको छ ।
बिहार विधानसभामा भाजपा सबैभन्दा ठुलो दलका रूपमा स्थापित हुने देखिएको छ । जारी मतगणनामा भाजपाले ९६ सिटमा अग्रता बनाएको छ । दोस्रो स्थानमा उसकै गठबन्धनको सहयोगी घटक जेडीयुले चार सिटमा जित र ८१ सिटमा अग्रता बनाएको छ । जेडीयुले विधानसभामा ८५ सिट नै जितेको खण्डमा पनि अब उसले भाजपालाई बाहिर राखेर सरकार गठन गर्न नसक्ने अवस्था देखिन्छ ।
बिहार विधानसभामा बहुमतका लागि कम्तीमा १२२ सिट आवश्यक हुन्छ । जेडीयुले भाजपालाई बाहिर राख्न खोजेको अवस्थामा उसलाई बहुमत जुटाउन कठिन हुने देखिएको छ । किनकि एनडीए गठबन्धनमा सामेल अन्य दलसँग २८ सिट हुने देखिन्छ । ती दल एनडीए गठबन्धनबाट अलग हुने सम्भावना निकै कम रहन्छ । किनकि भाजपा र एनडीए गठबन्धनका बाँकी तीन दल मिलेर बिहारमा सहजै सरकार गठन गर्न सक्ने अवस्था देखिन्छ ।
यद्यपि एनडीएले गठबन्धनभित्र जुन दलको जति सिट आए पनि आफूले सरकार बनाउने अवसर प्राप्त गरेमा जेडीयूकै नेता नीतीशकुमारलाई नै मुख्यमन्त्री बनाउने घोषणा गरिसकेको छ । त्यसैले भाजपा ठुलो दल भए पनि उसले सरकारको नेतृत्वमा दाबी नगर्ने निश्चितजस्तै छ ।
यद्यपि, विगतमा नीतीशकुमारले गठबन्धनबाट बाहिरिएर सरकार बनाएका कारण उनी एउटै गठबन्धनमा टिकिरहन नसक्ने नेताका रूपमा पनि परिचित छन् । तर अहिले विधानसभाको समीकरणले उनलाई अब त्यसरी अर्को गठबन्धनमा जान वा भाजपालाई बाहिर राखेर सरकार बनाउन भने कठिन देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण