वोल्टेमाडेको दुई गोलमा जर्मनी विश्वकप छनोटको शीर्ष स्थानमा
सारांश
- निक वोल्टेमाडेको दुई गोलको मद्दतले जर्मनीले विश्वकप छनोटमा लक्जमबर्गलाई पराजित गर्यो।
- खेलको दोस्रो हाफमा वोल्टेमाडेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए।
- यो जितसँगै जर्मनी समूह 'ए' मा शीर्ष स्थानमा उक्लिएको छ र स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ।
लक्जमबर्ग । न्युकासलका स्ट्राइकर निक वोल्टेमाडेले दुई गोल गरेपछि जर्मनीले सन् २०२६ विश्वकप छनोटमा लक्जमबर्गलाई पराजित गरेको छ । पहिलो हाफमा विपक्षीको रक्षापंक्ति तोड्न नसकेपछि जर्मनीले दोस्रो हाफको चार मिनेटपछि वोल्टेमाडेको गोलबाट अग्रता लिएको थियो। उनले लिरोय सानेको क्रसमा बललाई जाली चुमाएका थिए।
२३ वर्षीय वोल्टेमाडेले खेलको २० मिनेट बाँकी रहँदा रिडले बाकुको पासमा आफ्नो व्यक्तिगत दोस्रो र टोलीका लागि निर्णायक गोल गरे। जर्मनीले थप गोलको प्रयास गर्दा लिभरपुलका फ्लोरियान व्रिट्जको प्रहार अन्त्यतिर ब्लक भएको थियो।
यो जितसँगै जर्मनी समूह ‘ए’ मा गोल अन्तरका आधारमा स्लोभाकियालाई पछि पार्दै शीर्ष स्थानमा पुगेको छ। दुवै टोलीले शीर्ष दुईमा स्थान पक्का गरे पनि सीधा छनोटको स्थानका लागि प्रतिस्पर्धा बाँकी छ। यी दुई टोली नोभेम्बर १७, सोमबार जर्मनीमा हुने अन्तिम छनोट खेलमा भिड्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण