कांग्रेसको आन्तरिक कमजोरी हटाउन प्रदीप गिरी संस्थानद्वारा अन्तरक्रिया
सारांश
- नेपाली कांग्रेसको आन्तरिक कमजोरी हटाउन 'आइडिया अफ कांग्रेस' अन्तरक्रिया सुरु भएको छ।
- युवा नेताहरूले पार्टीको संरचनागत समस्या र टिकट वितरणको अस्पष्टतालाई लिएर आलोचना गरे।
- कार्यक्रममा डाक्टर, इन्जिनियर, वकिललगायत विभिन्न पेशाका विज्ञहरूले कांग्रेसको मूल विचारमा बहस गरे।
काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक कमजोरी हटाउने र पार्टीको मूल सिद्धान्तलाई जीवन्त बनाउने उद्देश्यले स्व. प्रदीप गिरी संस्थानले 'आइडिया अफ कांग्रेस' अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेको छ।
शनिबार राजधानीमा 'आइडिया अफ कांग्रेस' अन्तरक्रिया कार्यक्रमको सुरुवात गरिएको हो। पार्टीको राजनीतिक दिशा, संरचनागत समस्या, निर्णय प्रक्रिया र सङ्गठन सुदृढीकरणका उपायहरूमा केन्द्रित यो छलफलले कांग्रेसलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै युवा नेता सचिन तिमल्सिनाले पार्टीले पाएको २८ लाख मतमध्ये औपचारिक सदस्य मात्र ९ लाख रहेको तथ्याङ्क उजागर गर्दै बाँकी मतदाताहरू शुभेच्छुक भएको बताए। उनीहरूको धारणा सुन्नु आजको मुख्य आवश्यकता भएको उनको भनाइ छ। उनले पार्टीभित्रको संरचनागत समस्या, टिकट वितरणको अस्पष्टता र नेतृत्वले एमालेसँग मिलेर सामाजिक सञ्जाल प्रतिबन्धतर्फको प्रस्तावलाई कांग्रेसको आधारभूत सिद्धान्तविपरीत भएको भन्दै आलोचना गरे।
अर्का युवा नेता कञ्चन झाले मुलुकभरबाट एक सय भन्दा बढी युवा डेमोक्रेटहरूको सहभागितामा कार्यक्रम सञ्चालन भएको जानकारी दिए। डाक्टर, इन्जिनियर, वकिल, सामाजिक अभियन्ता र फिल्मकर्मीहरू जस्ता विभिन्न पेसाका विज्ञहरूले कांग्रेसको मूल विचार, पहिचान र वर्तमान राजनीतिक भूमिकामा खुला बहस गरेको उनको भनाइ छ। यो बहसले पार्टीको पहिचानलाई मजबुत बनाउने झाले बताए।
अन्तरक्रियाबाट प्राप्त विचार, सुझाव र विश्लेषणलाई संस्थानले सङ्कलन गरी विस्तृत प्रतिवेदन तयार पार्ने र नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वसमक्ष बुझाउने भएको छ। यो प्रतिवेदनले पार्टीको आगामी दिशा–निर्देशन, नीतिगत अवलम्बन र सङ्गठन सुधारमा संस्थागत टेवा पुर्याउने विश्वास लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण