अदालतको फैसला ‘पक्षपाती र राजनीतिक रूपमा प्रेरित’ : हसिना
सारांश
- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अदालतको फैसलालाई 'पक्षपाती र राजनीतिक रूपमा प्रेरित' भन्दै निन्दा गरेकी छिन्।
- अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।
- हसिनाले यो फैसला आफ्नो पार्टीलाई राजनीतिक शक्तिको रूपमा खारेज गर्ने तरिका भएको बताएकी छिन्।
नयाँ दिल्ली । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ढाकाको एक अदालतले सोमबार आफूबारे सुनाएको फैसलालाई ‘पक्षपाती र राजनीतिक रूपमा प्रेरित’ भन्दै निन्दा गरेकी छिन् । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
मृत्युदण्ड आफ्नो पार्टी अवामी लिगलाई राजनीतिक शक्तिको रूपमा खारेज गर्ने तरिका भएको उनले बताएकी छिन् । यो अभिव्यक्ति अदालतको फैसला पछि हसिनाले जारी गरेको पाँच पृष्ठ लामो विज्ञप्तिमा आएको हो ।
भारतमा निर्वासनमा रहेकी हसिनाले यसअघि उक्त मुद्दालाई ‘प्रहसन’ भन्दै आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेकी थिइन् ।
‘म उपयुक्त न्यायाधिकरणमा म माथि दोष लगाउनेहरूको सामना गर्न डराउँदिन’ उनले भनेकी छन् । तर न्यायाधिकरणमा प्रमाणहरूलाई निष्पक्ष रूपमा तौलिन र परीक्षण हुनुपर्ने उनको भनाइ थियो ।
अन्तरिम सरकारलाई यी आरोपहरू हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतमा ल्याउन उनले चुनौती दिएकी थिइन् । मानवअधिकार र विकासमा उनको सरकारको रेकर्डमाथि आफूलाई निकै गर्व भएको पनि उनले बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण