सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग
सारांश
- नेपाल उद्योग वाणिज्य महासङ्घले विधिको शासन र सुरक्षित व्यावसायिक वातावरणको सुनिश्चितताको माग गरेको छ।
- भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगसँगको भेटमा निजी क्षेत्रमाथिको आक्रमण र त्यसले पारेको असरबारे जानकारी गराइएको थियो।
- महासङ्घका अध्यक्षले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र यसको सुरक्षामा राज्य संयन्त्रको भूमिका हुनुपर्ने बताए।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले विधिको शासनको पूर्ण पालना र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग गरेको छ ।
गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को पदाधिकारीसँग आज नेपाल उद्योग वाणिज्य महासङ्घका सचिवालयमा भएको भेटवार्ताका क्रममा महासङ्घले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठ र निजी क्षेत्रमाथि भएका विभिन्न आक्रमण, तोडफोड र त्यसले मुलुकको व्यावसायिक वातावरणमा पारेको असरबारे जानकारी गराइएको थियो ।
सो अवसरमा आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरूले आन्दोलनका क्रममा निजी क्षेत्रले ब्यहोरेको क्षति तथा अन्य विविध विषयमा जानकारी लिएका थिए । निजी क्षेत्रले बेहोरेको क्षतिबारे जानकारी गराउँदै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस्ता घटना दोहोरिन नदिन निजी क्षेत्रको सुरक्षामा राज्य संयन्त्रको प्रभावकारी भूमिका हुनुपर्ने बताएका थिए ।
उनले भने, “निजी क्षेत्रले आफ्नो लागि मात्र काम गरेको हुँदैन । राजस्व र रोजगारीमा योगदान दिएको हुन्छ । निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो भन्ने विषयलाई सरकार, आयोग, राजनीतिक दल तथा आमनागरिकहरुले पनि बुझ्न र बुझाउन आवश्यक छ ।”
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनाको सबै पक्षलाई समेटेर सत्यतथ्यगत प्रतिवेदन तयार पारिने र ती सुझावहरू भोलिका दिनमा नीति निर्माणमा उपयोगी हुने विश्वास दिलाए । उनले निजी क्षेत्र अर्थतन्त्रको संवाहक भएको र यो क्षेत्रको संरक्षण गर्नु राज्यको दायित्व भएको धारणा राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण