सलमानको खुलासाः जुही चावलाको हात माग्न उनको घर गएको थिएँ
सलमान खान र जुही चावला, यी दुईले फिल्ममा त सँगै काम गरे तर अफेयरको खबर कहिले पनि आएन तर सुन्दा अचम्म लाग्ला, सलमान कुनै समय जुहीसँग विवाह गर्न चाहन्थे । यसबारे सलमान आफैंले खुलासा गरेका हुन् ।
वास्तवमा सलमानको एउटा २६–२७ वर्ष पुरानो भिडियो सार्वजनिक भएको छ जसमा उनले जुहीको बुवासँग उनको हात माग्न घर गएको तर उनले अस्विकार गरेको बताएका छन् ।
उक्त भिडियोमा उनले भनेका छन्, ‘जुही निकै सुन्दर र प्यारी छिन् । मैले त उनको पापासँग उनको हात पनि मागेको थिएँ तर बुवाले अस्विकार गर्नुभयो । सायद उहाँलाई म मनपर्दैनथ्यो । खोई उहाँलाई के चाहिएको थियो ?’
उक्त भिडियो सोसल मिडियामा सार्वजनिक भएको हो । यद्यपी, सलमानले यो कुरा ठट्टामा भनेका हुन् वा गम्भीर भएर, त्यो भने पत्ता लागेको छैन । के साँच्चै सलमान जुहीलाई प्रेम गर्दथे त ? तर यो पक्कै हो कि वर्षौं पहिले कुनै मनमुटावका कारण दुबैले पुनः सँगै काम गर्न छोडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण