धेरै प्रोटिन खाँदा युरिक एसिडको स्तर बढ्छ ?
सारांश
- उच्च प्रोटिनयुक्त आहारको सेवनले शरीरमा युरिक एसिडको स्तर बढाउन सक्छ, जसले स्वास्थ्य समस्या निम्त्याउँछ।
- मासु र समुद्री खानामा पाइने प्युरिनको मात्रा उच्च हुने भएकाले यसको सेवन कम गर्नुपर्छ।
- युरिक एसिड बढ्दा जोर्नी दुख्ने, छाला चिलाउने, थकान र मिर्गौलासम्बन्धी समस्या आउन सक्छन्।
काठमाडौँ । पछिल्लो समयमा फिटनेस र स्वस्थ रहने ट्रेन्ड बढेको छ । उच्च प्रोटिनयुक्त आहारहरूको प्रयोग आजभोलि सामान्य भइसकेको छ ।
जिम जानेहरू, बडीबिल्डरहरू, वा तौल घटाउन खोज्नेहरूले प्रायः आफ्नो आहारमा प्रोटिनको मात्रा बढाउँछन् । प्रोटिन स्वास्थ्यको लागि आवश्यक छ । तर अत्यधिक मात्रामा प्रोटिनको सेवनले युरिक एसिडको स्तर बढाउन सक्छ । के यो कुरा तपाईँलाई थाहा छ ?
हो, तपाईँले सही सुन्नुभयो । धेरै प्रोटिन खाँदा शरीरमा युरिक एसिडको स्तर बढ्न सक्छ, जसले गम्भीर समस्याहरू निम्त्याउँछ । चाहिनेभन्दा धेरै प्रोटिन खाँदा युरिक एसिडको स्तर कसरी बढ्छ र कुन लक्षणहरू हेरेर यसलाई पहिचान गर्न सकिन्छ ? आजको यस लेखमा यहीबारे कुराकानी गर्नेछौँ ।
प्रोटिनले कसरी बढाउन सक्छ युरिक एसिड ?
वास्तवमा, हाम्रो शरीरमा प्युरिनको ब्रेकडाउनबाट युरिक एसिड बन्छ । केही खानेकुराहरू, विशेष गरी उच्च प्रोटिनयुक्त खानाहरूमा प्रशस्त मात्रामा प्युरिन पाइन्छ । जब कसैले ठुलो मात्रामा यसको सेवन गर्छ, शरीरमा युरिक एसिडको उत्पादन बढ्छ ।
जनावरबाट पाइने प्रोटिन; रातो मासु, अंगको मासु, समुद्री खाना, र केही खालका माछामा उच्च मात्रामा प्युरिन पाइन्छ । धेरै मात्रामा यसको सेवन गर्नाले युरिक एसिडको स्तर बढ्न सक्छ ।
बोटबिरुवाबाट पाइने प्रोटिन – दाल, राज्मा, चना, पालुङ्गो, च्याउ, आदिमा पनि प्यूरिन पाइन्छ । तर, सामान्यतया जनावरबाट पाइने प्रोटिन भन्दा बोटबिरुवाबाट पाइने प्रोटिन सेवनका कम जोखिम हुन्छन् ।
त्यसकारण, प्रोटिनको सेवन सीमित गर्नुहोस् । विशेष गरी मासु र समुद्री खानाबाट पाइने प्रोटिनको सेवन कम गर्नुपर्छ । धेरै मात्रामा यसको सेवन गर्नाले शरीरमा प्युरिनको स्तर बढ्छ, जसले गर्दा युरिक एसिडको स्तर बढ्न सक्छ ।
युरिक एसिड बढ्दा देखिने लक्षणहरू
जोर्नी गम्भीर दुखाइ र सुन्निने : यो युरिक एसिडको सबैभन्दा सामान्य लक्षण हो । यो दुखाइ प्रायः रातमा वा उठ्ने बित्तिकै अचानक सुरु हुन्छ । दुखाइ ठुलो औँलाको जोर्नीमा हुन्छ, तर गोलीगाँठो, घुँडा, गोलीगाँठो, नाडी र औँलाहरूमा पनि हुन सक्छ । प्रभावित जोर्नी रातो, सुन्निएको र छुँदा अत्यन्तै तातो हुन सक्छ ।
जोर्नी कडा हुने : बढेको युरिक एसिडको स्तरले जोर्नीको चाललाई असर गर्न सक्छ । मान्छेलाई हिडडुल गर्न गाह्रो हुन सक्छ र जोर्नी अररो भएको महसुस हुन सक्छ ।
छाला चिलाउने : जब युरिक एसिड क्रिस्टलहरू छालामुनि जम्मा भएर बस्छन्, यसलाई टोफी भनिन्छ । यी सेतो वा मोतीजस्ता दाग वा गाँठोको रूपमा देखा पर्न सक्छन् । यस्ता दाग सामान्यतया औँला, कान, कुहिनो वा घुँडामा देखिन्छन् । यस्ता दाग वरपरको छाला चिलाउने र पोलेको महसुस हुन सक्छ ।
थकान र बेचैनी : सुन्निने र दुखाइले गर्दा व्यक्तिले असामान्य रूपमा थकित र बेचैनी महसुस गर्न सक्छ ।
मिर्गौलासँग सम्बन्धी समस्या : युरिक एसिडको उच्च स्तरले मिर्गौलामा पनि नकारात्मक असर पार्न सक्छ । यसले मिर्गौलामा पत्थरीको जोखिम बढाउँछ, जसले गर्दा ढाड वा तल्लो पेटमा गम्भीर दुखाइ हुने, पोल्ने रगत बग्ने जस्ता लक्षणहरू निम्त्याउन सक्छ ।
अस्वीकरण: यो जानकारी अनलाइन सामग्रीका आधारमा तयार पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण