हसिनालाई सजायपछि तनावपूर्ण बङ्गलादेश, २ को मृत्यु
सारांश
- पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेशमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
- विद्यार्थी प्रदर्शनको हिंसात्मक दमनसँग सम्बन्धित मानवता विरुद्धको अपराधमा हसिनालाई मृत्युदण्ड सुनाइएको हो, जसले गर्दा हिंसा भड्कियो।
- ढाका र अन्य शहरहरूमा आगजनी, बम विस्फोट र राजनीतिक झडपहरू भएका छन्, र स्थिति नियन्त्रणका लागि सेना परिचालन गरिएको छ।
ढाका । बंगलादेशको अवस्था यतिबेला तनावपूर्ण रहेको समाचारहरुमा जनाइएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि स्थिति खराब भएको हो ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले हसिनालाई गत वर्षको विद्यार्थी विरोध प्रदर्शनको हिंसात्मक दमनसँग सम्बन्धित मानवता विरुद्धको अपराधमा सोमबार मृत्युदण्डको सजाय सुनाएको हो । हसिना विरुद्धको फैसलापछि, विद्यार्थीहरूको एक समूहले फेरि एक पटक उनको पुर्ख्यौली घरमा तोडफोड गरे । यस क्रममा दुई जनाको मृत्यु भएको छ ।
ढाका ट्रिब्यूनको एक रिपोर्टअनुसार, ढाका कलेजका विद्यार्थीहरूको एक समूह शेख हसिनाका बुबा शेख मुजिबुर रहमानको ऐतिहासिक घर रहेको धनमन्डी–३२ क्षेत्रमा बुलडोजर लिएर आइपुगे । उनीहरुले यसलाई भत्काउने योजना बनाएका थिए । तर, सुरक्षा बलले पहिले नै बाटो अवरुद्ध गरे । जब भीडले ब्यारिकेडहरू तोड्न थाल्यो, प्रहरीले उनीहरूलाई तितरबितर पार्न लाठी, ध्वनि ग्रेनेड र बल प्रयोग ग-यो । स्थिति नियन्त्रण गर्न विभिन्न स्थानमा सेना तैनाथ गरिएको थियो ।
गत वर्षको आन्दोलनमा आंशिक रूपमा जलेको हसिनाको घर अझै पनि कडा सुरक्षामा छ । उसो त ढाका र अन्य शहरहरूमा आगजनी, बम विस्फोट र राजनीतिक झडपहरूका खबर पनि आएका छन् । स्थानीय मिडियाका अनुसार, फैसला अघि र पछि लगभग ५० वटा सवारी साधनमा आगजनी भएको छ ।
फैसलाबारे विभाजित छन् जनता
गोपालगञ्ज, मौलभीबजार, गाजीपुर र आशुलिया जस्ता संवेदनशील क्षेत्रहरूमा हिंसा देखिएको छ । यो फैसलालाई लिएर जनता विभाजित देखिएका छन् । मृतक विद्यार्थीका परिवार र विपक्षी समर्थकहरूले यसलाई न्यायको जीत भन्दै मिठाई बाँडे भने शेख हसिनाको पार्टी, अवामी लिगले बन्दको घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण