यी हुन् चितवन र कर्णालीको प्लेइङ ११
मङ्गलबार, ०२ मङ्सिर २०८२, ११ : ५८
सारांश
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ।
- चितवनले कर्णाली याक्सविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको छ।
- दुवै टोली लिगमा विजयी सुरुवात गर्न चाहन्छन्, जसमा अनुभवी खेलाडीहरू छन्।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो ।
दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् । युवा अलराउन्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनमा सोहेल तनबिर र रवि बोपरा जस्ता अनुभवी खेलाडी छन् भने ।
कर्णालीको प्लेइङ ११ मा सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, पवन सर्राफ, युवराज खत्री, मार्क वाट, नजिबुललाह जाद्रान, प्रियांक पान्चाल, अर्जुन भर्ती, म्याक्स ओडाउड र युनिश सिंह ठकुरी रहेका छन् ।
यस्तै चितवनको प्लेइङ ११ मा कुशल मल्ल, रबि वोपानार, सैफ अली जैब, डाविड मालान, कमल सिंह ऐरी, विपिन आचार्य, दिपक बोहोर, अर्जुन साउद, देव खनाल, रिजन ढकाल र सोहेल तनभिर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण