आयोगमा दल दर्ता गर्नेको सङ्ख्या २९ पुग्यो, बुधबार १२ दलले दर्ता गराए
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १२ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।
- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ पार्टीले दल दर्ता गराएका छन्।
- नेपाली कांग्रेस र नेकपा एमालेलगायतका ठुला दलले भने दल दर्ता गराएका छैनन्।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको तेस्रो दिन १२ दलले निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
आयोगमा दल दर्ता गराउनेमा राष्ट्रिय स्वाभिमान पार्टी, समावेशी समाजवादी पार्टी, राष्ट्रिय गौरव पार्टी, एकता नेपाल, नवनिर्माण पार्टी रहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यस्तै सर्वोदय पार्टी, स्वाभिमान पार्टी, राष्ट्रिय सनातन पार्टी नेपाल, समुन्नत नेपाल पार्टी, जनअधिकार पार्टी, न्यु न्यास्नलिस्ट पार्टी र उदार लोकतान्त्रिक पार्टी रहेको छ ।
यसैगरी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ पार्टीले दल दर्ता गराएको प्रवक्ता भट्टराईले जानकारी दिए । आयोगले मङ्सिर १ देखि १० गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ ।
बुधबारसम्म प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी बाहेक ठुला दल भनिएका नेपाली कांग्रेस र नेकपा एमालेले दल दर्ता गराएको छैन । तीन दिनमा जम्मा २९ पार्टीले दल दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण