रास्वपाले बनायो सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति
सारांश
- रास्वपाले विपिनकुमार आचार्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजक बनाएको छ।
- बुधबारको बैठकले आचार्यलाई संयोजकको जिम्मेवारी दिएको हो, जसमा अन्य सदस्यहरू पनि तोकिएका छन्।
- रुपन्देही-३ मा भने पहिले नै छानिएका उम्मेदवार नै कायम रहने र वाचापत्र कार्यदलमा क्रान्तिशिखा धिताल थपिएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमहामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजकको जिम्मेवारी दिएको छ ।
बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आचार्यलाई संयोजकको जिम्मेवारी दिएको हो । उम्मेदवार छनोट समिति सदस्यहरूमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा.चन्दा कार्की र राजन गौतम (चितवन) तथा प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन् ।
रुपन्देही–३ को हकमा भने यसअघि नै छनोट भइसकेका उम्मेदवार नै कायम रहने प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित वाचापत्र कार्यदलमा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताललाई थप गर्ने निर्णय गरेको छ ।
आचार्य प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार छनोट सम्बन्धी रूपरेखा मस्यौदा समितिका संयोजक समेत हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण