लाइसेन्स बनेको जानकारी अब विभागको फेसबुक पेजबाट
सारांश
- यातायात व्यवस्था विभागले लाइसेन्स तयार भएको जानकारी फेसबुकमार्फत दिने भएको छ।
- प्राविधिक समस्याका कारण स्वचालित सूचना प्रणाली अवरुद्ध भएपछि नयाँ व्यवस्था लागू गरिएको हो।
- विभागले फेसबुक पेजमा नाम प्रकाशित भएका आवेदकलाई रसिद लिएर लाइसेन्स लिन आउन अनुरोध गरेको छ।
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तयार भएको जानकारी अबदेखि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिने भएको छ । विभागको अनलाइन प्रणालीमा आएको प्राविधिक समस्याका कारण पुरानो स्वचालित सूचना प्रणाली अवरुद्ध भएपछि यो नयाँ व्यवस्था लागू गरिएको हो ।
विभागले बिहीबार एक सूचना जारी गर्दै पहिले अत्यावश्यक सवारी लाईसेन्स छपाइका लागि अनलाइन फारम भरेर एप्रुभ भएका आवेदकलाई ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भनी पठाइने स्वचालित ‘नोटिफिकेसन’ प्रणाली हाल अवरुद्ध भएको जनाएको छ।
सूचनामा भनिएको छ, ‘सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण (नाम लिस्ट) विभागको फेसबुक पेज (हेलो यातायात व्यवस्था विभाग) मा प्रकाशन गरिनेछ।ु
विभागले आफ्नो फेसबुक पेजमा नाम प्रकाशित भएका आवेदकहरूलाई सक्कल राजस्व तिरेको रसिद लिएर अनुमति पत्र लिनका लागि विभागमा उपस्थित हुन अनुरोध गरेको छ। त्यसैगरी लाइसेन्स नवीकरण गर्ने वा नयाँ वर्ग थप गर्ने आवेदकको हकमा पुरानो सवारी चालक अनुमति पत्र पनि अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण