नीतीश कुमारले मुख्यमन्त्रीको शपथपछि के भने ?
सारांश
- नीतीश कुमारले दसौँ पटक बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्।
- उनले बिहारलाई देशकै विकसित राज्य बनाउने प्रतिबद्धता जनाएका छन्।
- शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदी र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
काठमाडौँ । बिहीबार पटनाको गान्धी मैदानमा आयोजित समारोहमा दसौँ पटक बिहारका मुख्यमन्त्रीको रूपमा शपथ लिएपछि नीतीश कुमारले राज्यलाई देशका सबैभन्दा विकसित राज्यको श्रेणीमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शपथपछि सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै उनले भने, ‘आज पटनाको ऐतिहासिक गान्धी मैदानमा बिहारको नवनिर्वाचित सरकारले शपथ ग्रहण गर्यो। यस विशेष अवसरमा बिहारका जनताप्रति म आफ्नो नमन, हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु।’
उनले शपथ समारोहमा उपस्थित भएका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विभिन्न राज्यका मुख्यमन्त्री तथा केन्द्रीय मन्त्रीहरूलाई पनि धन्यवाद व्यक्त गरे।
नीतीश कुमारका अनुसार एनडीए सरकारले केन्द्रको सहयोगसहित बिहारको सर्वाङ्गीण विकासका लागि पूर्ण प्रतिबद्धताका साथ काम गर्नेछ।
उनले थपे, ‘मलाई विश्वास छ बिहारका जनताको साथ, सहयोगले हामी बिहारलाई देशका सबैभन्दा विकसित राज्यहरूमध्ये एक बनाउन सफल हुनेछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण