‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक
सारांश
- चलचित्र 'अभिमन्यु' च्याप्टर-१ को नयाँ गीत 'मरौ ज्यानले' सार्वजनिक भएको छ, जसमा सुशान्त गौतमको स्वर र संगीत छ।
- गीतमा प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न नसकेको र बाँच्न पनि नसकेको कुरालाई प्रस्तुत गरिएको छ।
- कामेश्वर चौरसिया र लक्ष्मी बर्देवाको अभिनय रहेको गीतको भिडियोमा तराई-मधेशका दृश्यहरू देख्न सकिन्छ।
काठमाडौँ । चलचित्र ‘अभिमन्यु’ च्याप्टर–१’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक भएको छ । मङ्सिर १८ गते रिलिज हुने चलचित्रको नयाँ गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ। गीतमा सुरेश बादलको शब्द छ । प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न पनि नसकेको थिममा गीत तयार भएको छ । सँगै जिउने कसम खाएको प्रेम बीचमै टुट्दाको छटपटी गीतमा छ । प्रेमिकाको कोमल हृदयको तारिफ गर्दै सँगै बिताएका पल समेटिएको गीतले अव्यक्त प्रेममा रहँदाको प्रसंग पनि समेटेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा छन् । चलचित्रका फुटेज समावेश गरिएको भिडियोमा तराई–मधेश देख्न सकिन्छ ।
फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिका छ ।
सुशान्त गौतम निर्देशित चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण