५३ लाख खर्चेर पक्की सडक निर्माण
शुक्रबार, ०५ मङ्सिर २०८२, १० : ४९
सारांश
- रघुगङ्गा गाउँपालिकाको मौवाफाँटमा ५३ लाख खर्चेर पक्की सडक बनाइयो।
- मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालय जोड्ने सडक फराकिलो बनाइयो।
- पानी निकासका लागि नाली र सडक सुरक्षाका लागि पर्खाल निर्माण गरियो।
म्याग्दी । रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ ।
मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई छदेखि आठ मिटर चौडा बनाएर ढलान गरिएको हो ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पानीको निकासका निम्ति नालीका साथै सडकको सुरक्षाका लागि टेवा पर्खाल निर्माण भयो । पक्की सडक बनेपछि स्थानीय खुशी छन् ।
ढल व्यवस्थापन गर्न नौ वटा ह्युमपाइप बिछ्याइएको छ भने २२५ मिटर पक्की नाला र पर्खाल पनि निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण