कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आइतबार दल दर्ता गर्ने
सारांश
- नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने तयारी गरेको छ।
- पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गर्नेछ।
- निर्वाचन आयोगले मंसिर ७ गतेभित्र दल दर्ता गर्न समय तोकेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबार निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । शनिबार केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेर आइतबार दल दर्ता गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
‘शनिबार केन्द्रीय समिति बैठकबाट निर्णय गर्छौँ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘आइतबार निर्वाचन आयोगमा गएर दल दर्ता गर्छौँ ।’
गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
पार्टीको १५ औँ महाधिवेशन फागुन २१ गतेका लागि तय भएको निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद छ । त्यही विवादका कारण पटक–पटक सर्दै आएको केन्द्रीय समिति बैठक राष्ट्रियसभामा भाग लिन दल दर्ता गर्ने निर्णय गर्नका लागि पनि शनिबार बस्नेछ । ‘निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयका लागि भए पनि शनिबार बैठक बस्छ,’ विश्वकर्माले भने ।
आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन मंसिर ७ गतेभित्र दल दर्ता गर्ने समय निर्धारण गरेको छ । आयोगले कात्तिक २८ गते सूचना निकालेर आयोगमा दर्ता कायम रहेका दलहरूलाई राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि मंसिर ७ गते कार्यालय समयभित्र दल दर्ता कागजात बुझाउन भनेको थियो ।
दल दर्ताका लागि केन्द्रीय कार्यसमितिबाट दल दर्ता गर्ने निर्णय भएको माइन्युटको प्रतिलिपि आवश्यक पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण