अवसरवादी चरित्रका कारण प्रचण्डले माओवादी पार्टी नै विघटन गरे : जनार्दन शर्मा
सारांश
- जनार्दन शर्माले प्रचण्डको अवसरवादी चरित्रका कारण माओवादी कमजोर भएको आरोप लगाए।
- शर्माले प्रचण्डले पार्टीभित्रको समस्या समाधान नगर्दा 'जेनजी विद्रोह' आएको बताए।
- शर्माले प्रचण्ड 'छलछामको राजनीति' मा लागेको र पदका लागि एकताको नाटक गरेको आरोप लगाए।
काठमाडौँ । प्रगतिशील अभियानका संयोजक जनार्दन शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवसरवादी चरित्रकै कारण माओवादी आन्दोलन कमजोर हुँदै अन्ततः पार्टी नै विघटन भएको आरोप लगाएका छन् ।
राजधानीको त्रिपुरेश्वरमा शनिबार आयोजित राष्ट्रिय भेलामा बोल्दै शर्माले पार्टी निर्माणका विषयमा आफूले दुई वर्षसम्म निरन्तर आवाज उठाए पनि प्रचण्डले कुनै पनि सुझाव वा असन्तुष्टि सम्बोधन गर्न नचाहेको दाबी गरे। उनले पार्टीभित्रको समस्यालाई समयमै समाधान गरिएको भए अहिलेको ‘जेनजी विद्रोह’ जन्मनै नपर्ने दाबी गरे ।
शर्माले प्रचण्डसँगको अन्तिम भेटमा आफूले ‘आजसम्म तपाईं मेरो नेता हो, अब होइन’ भनेको स्पष्ट पारे । तर प्रचण्डले बाहिर ‘जनार्दनले आज पनि तपाई मेरो नेता हो, भोलि पनि हो’ भनेर प्रचार गरेको भन्दै उनले असन्तुष्टि पोखे ।
उनले प्रचण्डलाई लगातार ‘छलछामको राजनीति’ गरेको आरोप लगाउँदै माओवादी केन्द्र अन्य पुराना पार्टीसँगै अवसरवादमा फस्दा जनता निराश बनेको र त्यसकै परिणामस्वरूप जेनजी विद्रोह जन्मिएको बताए।
शर्माले नेतृत्व परिवर्तनको सम्भावना र महाधिवेशनपछि पार्टी सुदृढ भएर अघि बढ्ने डरले प्रचण्डले एकताको नाटक गर्दै पद टिकाइराख्न खोजेको समेत आरोप लगाए । ‘पद र राज्य दोहनमा रहने लोभका कारण प्रचण्ड अहिले पनि त्यही खेलमा छन्, तर अब त्यो सम्भव छैन,’ उनले भने।
शर्माले प्रचण्डको अवसरवादी चरित्र र गलत निर्णयकै परिणामस्वरूप माओवादी पार्टी नै विघटनको अवस्थासम्म आइपुगेको निष्कर्ष प्रस्तुत गरे। उनले आफूहरुको पार्टी बामपन्थी पार्टी हुने समेत जानकारी दिए ।
यस्तै उनले पार्टी सामूहिक नेतृत्व प्रणालीमा जाने समेत जानकारी दिए । ‘यो पार्टीले नेपाली विशेषताको मार्क्सवादी सिद्धान्त अँगाल्छ । द्वन्द्वात्मक भौतिकवादी दृटिकोण अँगाल्छ,’ उनले भने ।
यस्तै नयाँ पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउनेबारे छलफल भएको समेत बताए । त्यसपछि सङ्गठन निर्माण अभियान चलाउने उनको भनाइ थियो । शर्मा नेतृत्वको अभियान र नेसपा नयाँ शक्तिसहितको समूहबिच आइतबार एकता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण