यस्तो छ विवाहपञ्चमी महोत्सवलाई ध्यानमा राखेर प्रहरीले बनाएको संयुक्त सुरक्षा योजना
जनकपुरधाममा । विवाहपञ्चमी महोत्सवलाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सुरक्षा योजना लागु गरेका छन् ।
सात दिनसम्म विवाहपञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न संयुक्त सुरक्षा योजना लागु गरिएको हो । विवाहपञ्चमीमा सहभागी हुन आउने लाखौँ श्रद्धालुहरूको सुरक्षाका लागि १ हजार ४ सय नेपाल प्रहरी तथा ट्राफिक प्रहरीका साथै सात सय बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
शान्ति सुरक्षालाई ख्याल गर्दै व्यापक रूपमा सुरक्षाकर्मीको परिचालन गर्नुका साथै पाकेटमारलगायत अपराध रोक्न सादा पोसाकका तालिमप्राप्त प्रहरी परिचालन गरिने धनुषा प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले बताए ।
उनले विवापञ्चमी महोत्सव अवधिभर कमाण्ड पोस्ट, ठाउँ-ठाउँमा चेकिङ्ग प्वाइन्ट राख्नुका साथै सीसीटीभी क्यामेरा र ड्रोन क्यामेराबाट निगरानी राख्ने कार्य भइरेहको जानकारी दिए ।
मेलामा आउने सवारी साधन तथा भिड व्यवस्थापन गर्न ट्राफिक प्रहरी खटाइएको छ । त्यस्तै श्रद्धालु भक्तजनहरूको बासस्थानमा समस्या नहोस् भनी नेपाल प्रहरी तयारी अवस्थामा छ । साथै प्रहरी उपरीक्षक कुँवरले मेलामा लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरू आउने भएकाले यहाँका स्थानीय युवा क्लब तथा नागरिक समाजले समेत व्यवस्थित बनाउन भूमिका खेल्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण