मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रथम राष्ट्रिय रोशी कप कराँते प्रतियोगिता सम्पन्न

शनिबार, ०६ मङ्सिर २०८२, २२ : २४
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • रोशी कप फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०८२ सम्पन्न भयो ।
  • विभिन्न तौल समूहका खेलाडीहरूले प्रतिस्पर्धा गरे।
  • विजेताहरूलाई नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरियो।

धुलिखेल । यहाँको रोशी गाउँपालिका–७ कटुञ्जेमा विश्व स्वतन्त्र क्योकुशिन सङ्घको आयोजनामा ‘प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा रोशी माविको प्राङ्गणमा भएको दुई दिने प्रतियोगिता आज सम्पन्न भएको हो।

प्रतियोगितामा महिलातर्फ ३५ किलोग्राम (केजी) तौल समूहमा शीतल तामाङ पहिलो, अनामिका तामाङ दोस्रो तथा कुमारी तामाङ र एलिना लामा तेस्रो भए । यस्तै, ४५ केजी तौल समूहमा रिना माझी पहिलो, कुसुम थिङ दोस्रोमा तथा प्रियासा मगर र सिर्जन थापा तेस्रो भए भने ५५ केजी तौल समूहमा निशा सुनुवार पहिलो, सविता मिजार दोस्रो तथा अनिशा तामाङ र पूर्णिमा तामाङ तेस्रो भए ।

खुल्ला तौल समूहमा भने सुमित्रा नगरकोटी पहिलो, रोशनी लामा दोस्रो तथा रुविना श्रेष्ठ र ऋतिका सुर्खेती तेस्रो भए । पुरुषतर्फ ३० केजी तौल समूहतर्फ आर्यन तामाङ पहिलो, दीपक लोप्चन दोस्रो तथा सुमन विक र रोहन विक तेस्रो भए भने ३५ केजी तौल समूहतर्फ विनय तामाङ पहिलो, राजु तामाङ दोस्रो तथा मनिक मोक्तान र सुरज थिङ तेस्रो भए ।

यस्तै, ४० केजी तौल समूहतर्फ रोमन तामाङ पहिलो, अजित तामाङ दोस्रो तथा अभिराज लामा र प्रकाश तामाङ तेस्रो, ४५ केजी समूहतर्फ रमित महर्जन पहिलो, अनिल बोहोरा दोस्रो र अमिर तामाङ र वीरध्वज मोक्तान तेस्रो, ५० केजी समूहमा प्रभात स्याङ्तान पहिलो, राजेश नगरकोटी दोस्रो तथा मनोज मोक्तान र सुमन स्याङ्तान तेस्रो भए ।

यसैगरी ५५ केजी तौल समूहतर्फ होमबहादुर राई, पहिलो समुल मगर दोस्रो तथा निश्चल तामाङ र सम्तेन तामाङ तेस्रो भए । प्रतियोगितामा खुल्ला कातामा महिलातर्फ सोनाक्षी लामा पहिलो, आश्मा तामाङ दोस्रो र सोनिया लामा तेस्रो, पुरुषतर्फ सरोज थिङ पहिलो, आयुश अधिकारी दोस्रो र सुदिव ग्याबा तेस्रो भए ।

रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर लामा र सङ्घका अध्यक्ष दिलदोर्जे लामाले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा १४६ जना खेलाडीको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप