एक वर्षमा धरहराबाट ७ करोड ८० लाख सङ्कलन, कति जना चढे ?
सारांश
- एक वर्षमा धरहराबाट ७ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ।
- २०८१ मङ्सिर ९ गतेदेखि सशुल्क टिकट लिएर धरहरा चढ्न थालिएको थियो।
- धरहरा प्रवेश शुल्क ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म तोकिएको छ।
काठमाडौँ । एक वर्षमा धरहराबाट ७ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ । धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईले ४ लाख १२ हजार जना नागरिकले धरहरा प्रवेश गरेबापत उक्त रकम सङ्कलन भएको रातोपाटीलाई जानकारी दिए ।
२०८१ मङ्सिर ९ गतेदेखि सरकारले सशुल्क टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरेको थियो । त्यसयता हालसम्म उक्त रकम सङ्कलन भएको उनले बताए ।
‘धरहरा प्रवेश गर्नेको सङ्ख्या सुरुवाती चरणमा भन्दा अहिले बढेको छ । पहिला १०ः३० बजेदेखि ४ बजेसम्म धरहरा प्रवेश समय थियो । २०८२ साउन १ गतेदेखि बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुला गरियो,’ राईले भने,‘यस कारण धरहरा चढ्नेको सङ्ख्या बढेको छ ।’
साथै धरहरा प्रवेशमा ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । जसमा धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ, धरहरा चढ्न नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ तोकिएको छ ।
विद्यार्थी बालबालिका,अपाङ्ग र वृद्धालाई ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । विदेशी नागरिकका लागि प्रति व्यक्ति १ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
साथै अनलाइन र भौतिक दुवै किसिमबाट टिकट काटेर धरहरा प्रवेश गर्न सकिने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण