मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

प्रतिनिधिसभा निर्वाचनका लागि ५६ दल दर्ता

राष्ट्रियसभाका लागि १३ दल
आइतबार, ०७ मङ्सिर २०८२, १७ : ३८
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • आइतबार साँझ साढे ५ बजेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५६ दल दर्ता भए।
  • निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि १३ दल दर्ता भएका छन्।
  • प्रतिनिधिसभाको निर्वाचन फागुन २१ र राष्ट्रियसभाको निर्वाचन माघ ११ गते तोकिएको छ।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार साँझ साढे ५ बजेसम्म ५६ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाका लागि ५६ र राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएका हुन् । 

प्रतिनिधिसभाको फागुन २१ र राष्ट्रियसभाको निर्वाचन माघ ११ गतेलाई तोकिएको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल अद्यावधिक गर्ने समय मङ्सिर ७ गतेसम्मलाई तोकेको छ भने प्रतिनिधिसभाका लागि मङ्सिर १० गतेसम्म तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप