संगीत
प्रेम सेनको ‘हो नि रेशम’
आइतबार, ०७ मङ्सिर २०८२, १८ : ३१
काठमाडौं । गायक प्रेम सेनले नयाँ गीत ‘हो नि रेशम’ ल्याएका छन् । लोकपप शैलीको गीतमा अनिल स्थापितको शब्द र कल्याण सिंहको संगीत छ । गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन् ।
डोरेमी स्टुडियोमा रेकर्ड गरिएको गीतलाई भानुभक्त ढकालले रेकर्डिङ र मिक्सिङ गरेका हुन् । गीतको भिडियोलाई रोमान्टिक शैलीमा बनाइएको छ । भिडियो गायक प्रेम आफैं फिचर्ड छन् । दिनेश पराजुलीले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका हुन् ।
प्रेमले केही महिनाअघि आकाशैमा र चरी बेसार गीत सार्वजनिक गरेका थिए । डेढ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनका यसअघि सानी, तिम्रो पाउजु, आऊ गाऔं, तिमीले लाको चौबन्दी लगायत गीत रुचाइएका थिए ।
‘हो नि रेशम’ 'प्रेम सेन' युट्युब च्यालनमा सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण