‘काठमाडौँ इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ सोमबारदेखि
सोमबार, ०८ मङ्सिर २०८२, ०६ : ०३
सारांश
- काठमाडौँमा सात देशका कलाकारको सहभागितामा ‘काठमाडौँ इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ सुरु हुँदैछ।
- विभिन्न देशका कलाकारहरुबीच कला र संस्कृतिको आदानप्रदान हुनेछ।
- फेस्टिभलले पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउनेछ र चार दिनसम्म चल्नेछ।
काठमाडौँ । काठमाडौँमा सात देशका कलाकारको सहभागितामा आजदेखि ‘काठमाडौँ इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा विन्दु स्पेस फर आर्टिष्ट नेपालको आयोजनामा उक्त फेस्टिभलमा नेपालसहित भारत, चीन, बङ्गलादेश, अष्ट्रिया र फिलिपिन्सका कलाकार सहभागी हुँदैछन् । प्रतिष्ठानकी बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले धेरैजसो देशबाट कलाकार आइसकेका र तयारी पूरा भएको जानकारी दिइन् ।
फेस्टिभलले विभिन्न देशका कलाकारहरुबीच कला संस्कृति आदानप्रदान हुने र एक अर्काबीचको सिकाई साटासाट हुने प्रतिष्ठानले जनाएको छ । यस्ता कार्यक्रमले पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने छ । चार दिनसम्म चल्ने फेस्टिभलमा विविध कार्यक्रम आयोजना गरिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण