कांग्रेस महाधिवेशनबारे विश्वप्रकाशले दिए दुई विकल्प
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन गर्नका लागि दुई विकल्प अगाडि सारेका छन् । सोमबार इलाममा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कांग्रेस जिल्ला कार्यालय अवलोकनका क्रममा शर्माले दुई विकल्प अगाडि सारेका हुन् ।
पहिलो विकल्पमा उनले पुसको अन्तिम हप्ता विशेष महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने रहेको छ । दोस्रो विकल्पमा पार्टी सभापतिले विशेष परिस्थितिको मध्यनजर गरी सुवर्णशमशेर पथलाई अगाडि बढाउने रहेको छ ।
यस्ता छन् शर्माले सारेका दुई विकल्प
पहिलो विकल्प
पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने । महाधिवेशन तयारी क्रममा केही दिन समय नपुग्न सक्ने अवस्था देखिए थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने ।
(समानुपातिकको सूची बुझाउने मिति या फागुन २१ कै चुनाव पनि केही पछि सर्न सक्छ । शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकूलता दृष्टिगत गरेर थोरै पछि सर्नसक्ने सम्भावनालाई राजनैतिक सहमति मार्फत हल खोज्नु उत्तम)
दोस्रो विकल्प
पार्टीका आदरणीय सभापतिज्यूले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर ‘सुवर्ण शमशेर पथ’ पछ्याउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ । त्यो भनेको २०१४ सालमा झैँ स्वयं सभापतिले मार्गप्रशस्त गर्ने । त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ ।
अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्त्वको भूमिकाले उचाइ पाउनेछ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन ।
(तब २०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन, २०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिनेछ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण