अफगान शरणार्थी फिर्तीले आर्थिक दबाब तीव्र, युएनडिपीको चेतावनी
सारांश
- युएनडिपीका अनुसार २३ लाख अफगानको फिर्तीले पुनर्निर्माणमा दबाब परेको छ।
- युएनडिपी प्रतिनिधिले दीर्घकालीन समाधानको आवश्यकता औंल्याएका छन्।
- एकै दिनमा इरान र पाकिस्तानबाट १० हजारभन्दा बढी अफगान फर्किएका छन्।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले अफगान जनताको आर्थिक अवस्था तथा निर्वासित आप्रवासीहरूबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै छिमेकी राष्ट्रबाट २३ लाख अफगान एकैपटक फर्किनुले अफगानिस्तानको पुनर्निर्माण प्रयासमा गम्भीर दबाब परेको बताएको छ ।
अफगानिस्तानका लागि युएनडिपीका प्रतिनिधि स्टिफन रोड्रिक्सले वर्तमान आर्थिक झट्का, आवधिक प्राकृतिक प्रकोप र व्यापक फिर्तीबीचको सम्बन्धलाई उल्लेख गर्दै दीर्घकालीन, समन्वित र समुदाय–केन्द्रित समाधान अत्यावश्यक रहेको बताए ।
उनले भने, “फर्कनेहरूको ठूलो सङ्ख्या अहिलेको आर्थिक अस्थिरता र प्रकोपको प्रभावसँग जोडिँदा हामीलाई स्थानीय स्तरमै जरा गाडिएका तर पर्याप्त परिमाणका समाधान अपरिहार्य हुन्छन् ।”
टोलो न्युजका अनुसार युएनडिपीका कार्यकारी निर्देशक तथा न्युयोर्कस्थित क्राइसिस ब्युरोका प्रमुख सोको नोडाले महिलालाई केन्द्रमा राखेर काम गर्नु अतिआवश्यक भएकोमा विशेष जोड दिए । उनले भने, “हिजो भेटिएका ती बहिनीहरूले जीवन पुनः सुरु गर्ने दृढता देखाए । तर परिवार र समुदाय दुवै तहमा उनीहरूले व्यहोर्नुपरेका चुनौतीहरू पनि निकै पीडादायी छन् । जबरजस्ती विस्थापनका कारण तत्काल मानवीय राहतभन्दा पर, दीर्घकालीन लचिलोपन, जीविकोपार्जनको पुनःस्थापना र आधारभूत आवश्यकताहरू सुनिश्चित गर्नु अत्यन्तै जरुरी हुन्छ ।”
यसैबीच, अफगानिस्तानका लागि यूरोपेली सङ्घ प्रतिनिधिमण्डलका सहयोग विभाग प्रमुख एरिक ब्युमोन्टले मुलुकका ‘वास्तविक अधिकारी’ हरूले तयार गरिरहेको राष्ट्रिय विकास योजना अन्तर्राष्ट्रिय साझेदारहरूका लागि पनि मार्गदर्शक दस्तावेज बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपस्थित जापानी राजदूतले पनि अफगान जनतालाई, विशेषतः जबरजस्ती फिर्ता गरिएका वा स्वेच्छाले फर्किएका आप्रवासीहरूलाई निरन्तर सहयोग पुर्याउनेमा जापान प्रतिबद्ध रहेको बताए ।
यसैबीच पझवोक समाचार एजेन्सीका अनुसार केवल एक दिनमै इरान र पाकिस्तानबाट १० हजार ४०५ अफगान नागरिक देश फर्किएका छन् । युएन शरणार्थी एजेन्सी (युएनएचसिआर) ले ती देशहरूबाट फिर्ता हुनेहरूको तीव्रताको तुलनामा मानवीय सहायता घट्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण