४० दिनमा सकियो ‘परालको आगो’को छायाङ्कन
सारांश
- ४० दिनमा फिल्म ‘परालको आगो’को छायाङ्कन सकिएको छ।
- निर्माण टिमले बैशाख ११ गते फिल्म रिलिज गर्ने घोषणा गरेको छ।
- फिल्ममा सौगात मल्ल, प्रकाश सपुत लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । ४० दिनमा फिल्म ‘परालको आगो’को छायाङ्कन सकिएको छ। निर्माण टिमले दसैँ अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायाङ्कन थालेको यो फिल्मको छायाङ्कन मंगलबार सकाएको हो।
फिल्मको सुटिङ सकेसँगै निर्माण टिमले तीन फरक फरक लुक्सका तस्बिर र रिलिज डेट समेत सार्वजनिक गरेको छ। यो फिल्म आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलले बताए।
उनले फिल्मको चार वटा गीत सहित सम्पुर्ण छायाङ्कन पुरा भएको र रिलिज डेट समेत तोकेको बताए। उनले जेनजी आन्दोलन चलिरहेको बेलामा यो फिल्मको छायांकनमा अवरोध भएता पनि टेक्निसियन तथा निर्देशकको खटाईले काम चाँडो सकिएको बताए।
गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो फिल्ममा सौगात मल्ल,प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपानेका साथै बालकलाकार एन्जिला बाँनियाको अभिनय रहेको छ । सुशील देवकोटाको लेखन रहेको यो फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण