धरहरा सञ्चालनको एक वर्षमा ७ करोड ७१ लाख राजस्व संकलन
सारांश
- पुनर्निर्माणपछि धरहरा सञ्चालनमा आएको एक वर्षमा सात करोड ७१ लाख राजस्व संकलन भयो।
- धरहरामा टिकट बिक्रीबाट उक्त रकम संकलन भएको हो, जसमा २८ सय विदेशी नागरिक पनि समावेश छन्।
- धरहरा चढ्न २०० रुपैयाँ शुल्क लाग्छ भने विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुटको व्यवस्था छ।
काठमाडौँ । पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भयो । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व संकलन भएकाे छ ।
यस अवधिमा प्रवेश शुल्कबापत उक्त रकम संकलन भएकाे हाे । अघिल्लो वर्षको मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो साँझसम्म टिकट बिक्रीबापत रु सात करोड ७१ लाख सङ्कलन भयो, अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।
जेनजी आन्दोलनअघिसम्म प्रत्येक बुधबार बन्द हुने धरहरा अहिले हप्ताको सातै दिन सञ्चालन हुन्छ । “अघिल्लो मङ्सिर ९ देखि अहिलेसम्म चार लाख ६९४ जना नागरिकले चढिसके, जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिँदैन”, उनले भने, “बिहान १०ः३० देखि ३ः०० बजेसम्म धरहरा चढ्ने व्यवस्था छ, छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखिएको पनि उनको भनाइ छ । हालसम्म धरहरा चढेकामध्ये करिव २८ सय विदेशी नागरिक छन् ।
ऐतिहासिक धरहरा चढ्न प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने छन् ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइयो । अघिल्लो मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।
धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरियो । धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएकाे छ ।
व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार निर्धारण गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण