टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
मङ्गलबार, ०९ मङ्सिर २०८२, २१ : ४६
सारांश
- तनहुँको घिरिङमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भयो।
- मृत्यु हुने व्यक्ति रुपन्देहीका ५५ वर्षीय बुद्धिबहादुर चन्द हुन्।
- दुर्घटनामा घाइते भएका चन्दलाई अस्पतालमा मृत घोषणा गरियो।
तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ भित्री सडकखण्डमा आज टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भिमाद नगरपालिका–३ माझकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्धिबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
डेढगाउँबाट भिमादतर्फ आउँदै गरेको लु५२प १५२ नंम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु१क ३५९४ नम्बरको टिपर ठोक्किएको थियो । दुर्घटनामा घाइते चन्दलाई थप उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएका थिए । तर त्यहाँ पुग्ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण