विश्वकप तालिका सार्वजनिक भएपछि कप्तान पौडेलको प्रतिक्रिया: ‘हामी उत्साहित छौँ’
सारांश
- नेपाल क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० विश्वकप २०२६ को समूहलाई 'रोमाञ्चक र चुनौतीपूर्ण' मानेका छन्।
- नेपालले इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ, जसमा पहिलो खेल इङ्ल्यान्डसँग मुम्बईमा हुनेछ।
- कप्तानका अनुसार, वेस्ट इन्डिजलाई युनिटी कपमा हराएको अनुभव र मुम्बईमा खेल हुनु नेपालका लागि फाइदाजनक हुनेछ।
काठमाडौँ। भारतमा हुने आईसीसी टी– ट्वान्टी विश्वकप २०२६ को तालिका सार्वजनिक भएसँगै नेपाल क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफ्नो समूहलाई ‘रोमाञ्चक र चुनौतीपूर्ण’ रहेको बताएका छन्। मंगलबार साँझ तालिका सार्वजनिक भए लगत्तै प्रतिक्रिया दिँदै उनले पहिलो खेल नै इङ्गल्यान्डजस्तो बलियो टिमसँग हुनुले टोलीमा थप ऊर्जा र उत्साह भरिएको बताए।
उनका अनुसार समूहमा इङ्गल्यान्ड र वेस्ट इन्डिज दुवै विश्वकप विजेता टिम रहेका छन् भने बङ्गलादेश सन्तुलित र प्रतिस्पर्धी टोली हो। इटालीबारे धेरै चर्चा नभए पनि उनले त्यसलाई हल्का लिन नहुने बताए । यसअघिको विश्वकपमा थोरै अन्तरले सुपर–आठ मा पुग्न नसकेको स्मरण गर्दै उनले यस पटक सुपर–आठ पुग्ने सम्भावना पहिलेभन्दा बढेको दाबी गरे। ‘विगतको अनुभवले यस पटक खेल सजिलो बन्न सक्छ,’ कप्तानले भने।
हालैको युनिटी कपमा वेस्ट इन्डिजलाई हराएको अनुभवले पनि टोलीको आत्मविश्वास उल्लेख्य रूपमा बढेको उनको भनाइ छ। त्यससँगै सबै खेल मुम्बईमै हुने भएकाले भेन्यु परिचय र समर्थकहरूको उपस्थिति नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरे।
आईसीसीले मंगलबार विश्वकप तालिका सार्वजनिक गरेको हो। नेपाल समूह ‘सी’ मा रहेकाे छ । नेपालले इङ्गल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल माघ २५ गते इङ्गल्यान्डविरुद्ध मुम्बईमा खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण