शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोले २७ वर्ष जेल सजाय

बुधबार, १० मङ्सिर २०८२, ०१ : ५२
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई अदालतले २७ वर्षको जेल सजाय सुनाएको छ।
  • बोल्सोनारो २०२२ को चुनाव हारेपछि सत्ता कब्जा गर्ने षड्यन्त्रमा दोषी ठहरिएका थिए।
  • उनी अब २०६० सम्म कुनै चुनाव लड्न सक्दैनन् र उनले यो मुद्दा २०२६ को चुनावबाट रोक्न प्रयोग भएको बताएका छन्।

काठमाडौँ । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको छ । 

मंगलबार सर्वोच्च अदालतले अब थप अपिल नहुने गरी उनलाई २७ वर्ष जेल सजायको फैसला सुनाएको हो।

७० वर्षका बोल्सोनारो २०२२ को चुनाव हार्नुपछि फेरि सत्ता कब्जा गर्ने साजिसमा दोषी ठहरिएका थिए। उनी हाल ब्रासिलियामा रहेको फेडरल प्रहरीको जेलमा छन्।

पूर्वराष्ट्रपतिलाई पूर्णकालीन स्वास्थ्य हेरचाह दिइने छ। अदालतका अनुसार उनले लुला र उनका उपराष्ट्रपति जेराल्डो अल्कमिनको हत्या गर्ने योजना बनाएका थिए।

बोल्सोनारो अब २०६० सम्म कुनै चुनाव लड्न सक्दैनन्। उनले यो मुद्दा आफूलाई २०२६ को चुनावबाट रोक्न गरिएको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप