जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
सारांश
- चितवनमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न ४३ जना पक्राउ परेका छन्।
- पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषध मुद्दामा कारबाही गरिएको छ।
- आन्दोलनमा संलग्न ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी आवास र तीन वटा पार्टी कार्यालयमा क्षति पुगेको छ।
चितवन । जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषध मुद्दामा कारबाही गरिएको छ । पक्राउ परेकालाई म्याद थप गरेर अनुसन्धान गरी कसुर अनुसारको कारबाही गरिएको उनले बताए ।
आन्दोलनका क्रममा सरकारी कार्यालय, निजी घर र व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । आन्दोलनमा घुसपैठ गर्नेहरूलाई कानुनी दायरामा ल्याउने क्रममा पक्राउ गरिएको उनले जानकारी दिए ।
आन्दोलनका क्रममा जिल्लाका ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी आवास तथा व्यावसायिक प्रतिष्ठान र तीन वटा पार्टी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट भएको जिल्ला प्रशासन कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण