वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढ्यो
सारांश
- स्वास्थ्य व्यवसायीहरूले वैदेशिक रोजगारीमा जाँदा स्वास्थ्य परीक्षण शुल्क बढाउन परिपत्र जारी गरेका छन्।
- परिपत्रले स्वास्थ्य परीक्षण शुल्क ९,५०० रुपैयाँ पुर्याउन निर्देशन दिएको छ, जुन २०८२ मंसिर १० गतेदेखि लागू हुनेछ।
- यसअघि ३,५०० देखि ६,५०० रुपैयाँसम्म रहेको शुल्क पूर्व श्रममन्त्रीले बढाए पनि विरोधपछि रोकिएको थियो।
काठमाडौँ । स्वास्थ्य व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन परिपत्र गरेका छन् । बुधबार मेडिकल शुल्क बढाउन भन्दै स्वास्थ्य व्यवसायीहरुले मातहतका व्यवसायीहरुमा परिपत्र गरेका हुन् ।
परिपत्रमा भनिएको छ ‘व्यवसायीहरुले ‘वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को छैटौं संशोधन २०८१’ लाई पूर्ण रुपमा कार्यान्वयन गरी मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरुको सूची समेत सार्वजनिक गरिसकेको हुँदा मापदण्डमा उल्लेख भएका ३४ प्रकारका परिक्षणहरु समेत गर्ने गरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मिति २०८२ मङ्सिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्नुहुन जानकारी गराउछौं ।’
पूर्व श्रममन्त्री शरदसिंह भण्डारीले भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए । त्यतिबेला विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो। अहिले फेरि मन्त्रालयमा मन्त्री नभएको बेलामा परिपत्र भएको हो।
यसअघि ३ हजार ५ सय सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकिएको थियो। तर मलेसियाको हकमा भने मेडिकल व्यावसायीले ९ हजार ८ सय रुपैयाँ लिने गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण