भारतीय राहदानी प्रयोग गरेर ओमान जान लागेकी नेपाली महिला मुम्बईमा पक्राउ
सारांश
- भारतीय राहदानी प्रयोग गरी ओमान जान लागेकी नेपाली महिलालाई मुम्बई विमानस्थलमा नियन्त्रणमा लिइयो।
- नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेकी महिला नेपालको पर्सा जिल्लाकी हुन्।
- महिलाले भारतीय परिचयपत्र बनाएर यात्रा गर्न खोजेको र उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ।
काठमाडौँ । भारतीय राहदानी प्रयोग गरेर ओमान जान लागेकी एक नेपाली महिलालाई मुम्बईस्थित छत्रपति शिवाजी महाराज इन्टरनेशनल एयरपोर्टबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
नक्कली दस्तावेज प्रयोग गरेर विदेश जान लागेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको भारतीय अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
मस्कट जाने विमानको टिकट काटेर अध्यागमन काउन्टरमा पुगेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथमा रहेका दस्तावेज नक्कली रहेको फेला परेको जनाइएको छ ।
प्रारम्भिक सोधपुछमा ती महिलाले आफ्नो नाम काजल बताएकी थिइन् । उनले आफू भारतकै हिमाचल निवासी रहेको बताउँदै भारतीय राहदानी देखाएकी थिइन् ।
उनको कुरामा विश्वास नलागेपछि थप अनुसन्धानका लागि सम्बन्धित अधिकारीसमक्ष पठाउँदा उनी नेपाली नागरिक रहेको पुष्टि भएको जनाइएको छ । पक्राउ परेकी महिलाको नाम काजल लामा रहेको र उनी नेपालको पर्सा जिल्ला निवासी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ती महिलाले वर्षौंदेखि आफ्ना आमाबुबा भारतको हिमाचलमा बस्दै आएको र सोही आधारमा हिमाचलकै एक ठेगाना उल्लेख गरी आधार कार्ड, प्यान कार्ड र प्रमाणपत्र हासिल गरेको बयान दिएकी छन् । तिनै दस्तावेजका आधारमा आफूले शिमला पासपोर्ट कार्यालयबाट भारतीय राहदानी प्राप्त गरेको उनले बताएकी छन् ।
सरकारी अधिकारीहरूलाई भ्रममा पारेको, नक्कली दस्तावेज बनाएको र अवैध यात्राको प्रयास गरेको लगायतका आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको भारतीय अधिकारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण